बडाखोलिको क्वारेन्टाइनमा रहेका नागरिक सुरक्षाकर्मीलाई भिम ओली र स्थानिय होटल ब्वायासयीले निशुल्क खाना खुवाए ,

वैशाख २३ ,काठमान्डौ – सुर्खेत गुर्भाकोट नगरपालिका नमुना मावि बडाखोलिको क्वारेन्टाइनमा रहेका नागरिक सुरक्षाकर्मीलाई निशुल्क खाना खुवाईएको छ ।

माबि बडाखोलीका लेखापाल तथा शिक्षक भिम प्रकाश ओली र सानाकिशान मेहेलकुनाका सदस्य तथा बडाखोलीका होटल ब्यबसायी बम बहादुर घर्तिले आफ्नो ब्याक्ति गत खर्चमा क्वारेन्टाइनमा बसेका नागरिकलाई खाना खुवाएका हुन् ।

क्वारेन्टाइनमा ९० जना रहेका छन् ,तेस्तै क्वारेन्टाइनमा सुरक्षाको लागि खटिएका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी सहितको टोलीलाई बिहानको खान खुवाईएको गुर्भाकोट वडा न ६ का वडाअध्यक्ष धनिराम जैसीले बताए ।

lekbesi

लेखापाल भिम ओली र होटल ब्यबसायी बम बहादुरलेले क्वारेन्टाइनमा रहेकालाई निशुल्क खाना खुवाएपछि वडाबासि र नगरपालिकाले धन्वाद ज्ञापन गरेको छ।

कोरोन रोकथाम तथा नियन्त्रण गर्न सरकारले विभिनन देश विदेशबाट आएका नागरिकलाई स्थानिय नगरपालिका ,विद्यालयको क्वारेईनटाईनमा राखने गरेको छ।