सामाजिक दुरी पालाना नगरेपछि प्रोफेसरले आफै दिए राजिनामा,
वैशाख २४ काठमान्डौ – बेलायतमा लकडाउन लागु गर्न सिफारिस गर्ने सरकारका प्रमुख सल्लाहकार प्रोफेसर नील फर्ग्युसन्ले आफुलेनै समाजिक दुरी उल्लंघन गरेपछि पदबाट राजीनामा दिएका छन् ।
उनी कोरोनाको विषयमा बेलायती सरकारका प्रमुख सल्लाहकार हुन् । आफ्नो राजिनामाबारे घोषणा गर्दै उनले भने, ‘म स्विकार गर्छु कि मैले गलत गरेँ ।
त्यसकारण म आफ्नो पदबाट हट्दैछु । यो माहामारीलाई नियन्त्रण गर्नका लागि सामाजिक दुरीको लगातार आवश्यकता छ भन्ने कुरा स्पष्ट छ, मैले यो कुरालाई नजरअन्दाज गरेँ, यसमा मलाई गहिरो अफसोस छ ।
लण्डनबाट प्रकाशित हुने डेली टेलिग्राफ पत्रिकाले लेखेको समाचारअनुसार प्रोफेसर फर्ग्युसनले एक जना महिलालाई आफू नजिक आउन दिएका थिए, जुन सामाजिक दुरी कायम गर्ने नियमको उल्लंघन हो ।
प्राध्यापक फर्ग्यूसन ‘सेन्टर फर ग्लोबल इन्फेक्सन डिजीज एनालिसिस’ का निर्देशक हुन् । यो संस्थाले सरकार र विश्व स्वास्थ्य संगठनलाई अफ्रिकामा इबोलादेखि अहिलेको कोरोना महामारीसम्ममा सल्लाह दिँदै आएको छ ।
यही संस्थाले गत जनवरी महिनामा विश्वलाई कोरोनाको महामारी फैलिने चेतावनी सबैभन्दा पहिले दिएको थियो ।
जब चीनका अधिकारीले ऊहानमा दर्जन मानिसमात्रै कोरोनाबाट संक्रमित भनिनरेहका बेला यो संस्थाले ऊहानमा हज्जारौं नभएपनि कम्तीमा सयौंको संख्यामा संक्रमित भएको दाबी गरेके थियो ।
त्यतिबेलै प्रोफेसर फर्ग्युसनको टिमको अनुसन्धान रिपोर्टमा तत्काल कुनै कदम नचालिएमा बेलायतमा कोरोनाबाट करिब पाँच लाख जनाको ज्यान जाने निष्कर्ष निकालिएको थियो ।
उनैको सल्लाहअनुसार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले २३ मार्चदेखि देशभर लकडाउन घोषणा गरेका थिए । त्यतिबेलादेखि नै नील फर्ग्युसन बेलायतमा ‘प्रोफेसर लकडाउन’को नामले चिनिन्छन् ।
लकडाउन उल्लंघन गरेपछि पद त्याग गर्ने फर्ग्युसन पहिलो विशेषज्ञ भने होइनन् । ६ अपि्रलमा स्कटल्याण्डको मुख्य मेडिकल अफिसर डाक्टर क्याथरिन क्यालडरवुड दुई पटकसम्म आफ्नो दोस्रो घर गएको सामाचार सावर्जनिक भएपछि उनले पनि पदबाट राजीनामा दिएका थिए ।
बिबिसीबाट,