नेकपा सचिवालय बैठक बस्दै

वैशाख २४ काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बुधबार अपरान्ह प्रधानमन्त्रीनिवास वालुवाटारमा बस्दैछ ।

नेकपाको स्थायी कमिटिको बैठकपनि भोलि २५ गते बस्दै छ । स्थायी कमिटि बैठकको छलफल गर्न सचिवालय बैठक बस्न लागेको नेकपा प्रवक्ता नारायण काजि श्रेष्ठले जानकारी दिए ।

नेकपा पार्टीभित्र देखिएको आन्तरिक विवाद भने केहि कम देखिएको छ । अबका दिनमा पार्टीलाई एक ढिक्का बनाएर लैजाने २० बैशाखमा बसेको सचिवालयले के कस्ता निर्णय गर्यो भन्ने पार्टीमा अझै आसंका छ ।

lekbesi

कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले स्थायी समितिका एजेण्डा बनाउने जिम्मेवारी पाएका छन् । बैठक भोलि बस्दै छ ।