Simta
Simta
lekbesi

कोशी अस्पतालबाट ६ जना भारतीय कोरोना संक्रमित डिस्चार्ज ,

Gurvakot

वैशाख २४ काठमान्डौ – विराटनगरस्थित कोशी अस्पतालको कोरोना उपचार केन्द्रको आइसोलेसनमा १९ दिनदेखि उपचाररत ६ जना भारतीय बुधबार बिहान डिस्चार्ज भएका छन् ।

उनीहरुलाई अहिले विराटनगर १५ रानीस्थित ‘रानी मरकज’ को क्वारेन्टाइनमा राखिएको छ ।

थप १४ दिन क्वारेन्टाइनमा राखेर पुन: थ्रोट स्वाब परीक्षण गरिने कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.संगीता मिश्रले बताइन् ।

lekbesi

डिस्चार्ज भएका ६ जनालाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गमजेर तथा चिकित्सकहरुले फूलमाला दिएर बिदाइ गरेका छन् ।डिस्चार्ज हुने ६ जना भारतको नयाँदिल्लीका बासिन्दा हुन् ।

Simta