कोरोना संक्रमण निको भएपछि किन पोजिटिभ देखिन्छ,
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ,
वैशाख २४ काठमान्डौ – कोरोना त्रास आम जनमानसमा हरपल बल्जिरहेको छ ।विश्वको घटनाजस्तै नेपालमा पर्नेहो कि हान्ने चिन्ता सबै नेपालिम भईरहेको छ ।
कोरोना निको भएर घरमा फर्केका हरुमा पुन : किन कोरोना पोजेटिभ देखियो यो कुराले नागरिक मात्र हैन सरकार चिकित्सक अस्पतालपनि दङ्ग छन् ।
हालै मात्र नेपालमा कोरोन संक्रमित निको भएर घर फर्केका ३ व्याक्तिमा पुन: कोरोना देखिएपछि सबैलाई अन्योलमा पारेको छ ।
सनसिटी अपार्टमेन्टका ५८ बर्षीय पुरुष र नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ पुरुषमा फलो अप जाँचको क्रममा कोरोना संक्रमण पुन :पोजिटिभ देखिएको छ ।
यस्तो केस अमेरिका, कोरिया, चीन लगायत धेरै देशमा देखिएको जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डेले बताए । पाण्डे भन्छन यसका कारण देहाय बहोजिम छन् ।
– संक्रमणबाट निको हुने क्रममा वा निको भएको केहि समयमा भाइरस लिट्टर अर्थात निस्क्रिय भाइरसका कण र मृत कोष खोक्दा फोक्सोबाट घांटीमा निस्किन्छन् ।
जब कोरोना संक्रमण जांच गर्नको लागि घांटीभित्रबाट स्याम्पल लिइन्छ, ती मृत कोष देखिन्छन् ।
PCR टेस्ट संबेदनशील परिक्षण हो । त्यसमा मृत कोष वा निस्क्रिय भाइरसका टुक्रालाई पनि पोजिटिभ देखाउन सक्छ । त्यो टेस्टमा देखिएपनि अरु व्यक्तिलाई सर्दैन ।
– परिक्षणमा त्रुटी भएमा, परिक्षणमा प्रयोग भएका रसायनको गुणस्तर राम्रो नभएमा ती रसायनले भाइरसलाई चिन्न नसकिने बनाउन सक्छन् ।
– CDC कोरियाका निर्देशक जियांग ईन-क्योंगले भनेका छन् कि बिरामीहरू पुनः संक्रमित हुनुको सट्टा भाइरस “पुनः सक्रिय” भएको हुन सक्छ।
– फ्लोरिडा कलेज अफ मेडिसिनका प्राध्यापक इमेरेटस रिचर्ड कोन्डिट भन्छन्- “धेरै व्यक्तिहरूले के बुझ्दैनन् कि पीसीआरले केवल भाइरसको आनुवंशिक सामग्रीको परीक्षण गर्दछ र यो सक्रिय भाइरसको लागि मात्र होइन ” ।
– कोरियामा निको भएका २।१ % मा केहि हप्तापछि कोरोना संक्रमण पोजिटिभ देखिएको KCDC ले जनाएको छ । त्यस्तै चीनमा ५ – १० % मा निको भएको केहि हप्ता पछि पोजिटिभ ती मध्ये ४४ % मा सामान्य लक्षण देखिन्छन् ।
– परिक्षणको लागि प्रयोग हुने केमिकल, प्राबिधिकको क्षमता आदिले पनि रिपोर्टमा फरक पार्न सक्छ ।
– कोरोना परिक्षणमा प्रशस्तै फल्स पोजिटिभ र फल्स नेगेटिभ रिपोर्ट आउँछ । कहिलेकाहीं स्वास्थ्यकर्मीले बिरामीबाट पर्याप्त स्याम्पल लिएका हुँदैनन् । स्याम्पलको संकलन, सुरक्षण, परिवहन र परिक्षणमा बिशेष मेहेनत नगर्ने हो भने गलत रिपोर्ट आउन सक्छ ।
– पोजिटिभ देखिए पनि खतरा हुँदैन र अरुलाई सर्दैन ।
तसर्थ निको भएका बिरामीमा पुन: पोजिटिभ देखिएमा बिरामीलाई पनि खतरा हुँदैन र ती संक्रमितबाट अन्य व्यक्तिलाई पनि रोग सर्दैन ।