प्रधानमन्त्री ओलीले लेखे यस्तो गित ,म त भाग्यमानी,

वैशाख २४ काठमान्डौ – प्रधानमन्त्री ओलीले केहि दिन अगि मात्र दुई कविता लेखेका थिए लगतै ओलीले गित पनि लेखेका छन् ।

म त भाग्यमानी

छानेर नि हैन, हैन जानी–जानी
तर जन्मे नेपालमै म त भाग्यमानी
आहा ! कति भाग्यमानी ?

lekbesi

सबैभन्दा ठूलो देश
मेरा देशवासी
सेवा गर्न यिनको पाएँ
कति भाग्यमानी
म त कति भाग्यमानी ?

चाहिएन धन दौलत
दुःख, सुख सहन्छु
संकल्प र बाटो लिएँ
देश सेवा रोजी
सबैभन्दा ठूलो सुख
इमानको काम
रमेको छु यसैमा म
कति भाग्यमानी ?

प्रधानमन्त्री,

केपी शर्मा ओली
– २४ फागुन २०७६
सीसीयू, टीयूटीएच

प्रधानमन्त्री केपी शर्मा ओली २०७६ फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दाेस्राेपटक मिर्गौला प्रत्यारोपण सफलता भएपछि क्रिटिकल केयर यूनिटमा रहेको चाैथाे दिनमा उनले यो कविता रचेका थिए ।

त्यो दिन सीसीयूमा कागज कलम उपलब्ध नहुँदा याे गीत डिस्चार्ज हुनुभएपछि मात्रै संझनाकाे आधारमा ओलीले लिपिबद्द गरेको ओलीका सल्हाकार सुर्य थापाले बताएका छन् ।

ओलीले रचेको यो गीतले भावना र अनुभूतिलाई बढी समेटेकाे थापाले बताए ।