सल्यान सुर्खेत सिमाना काल्चेमा सिमा नाका निगरानी स्थल सुरु ,

वैशाख २४ ,काठमान्डौ – सल्यान सुर्खेत सिमाना काल्चेमा कोरोना संक्रमणबाट बच्न र नियन्त्रण गर्न सिमा नाका निगरानी स्थल सुरु गरिएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सिमाना वार पार गर्ने नागरिकलाई थप सहयो र कडाईको लागि गुर्भाकोट नगरपालिका वडा न १ काल्चेमा सिमा नाका निगरानी स्थल राखीएको हो ।

निगरानी स्थलमा दुई जना स्वास्थ्यकर्मी दिपेन्द्र खत्री र युवराज ढकाललाई स्वास्थ्य सामग्री पीपीई ,सेनीटाईजर ,थर्मनगण सहित खटाईएको छ ।

lekbesi

गुर्भाकोट नगरपालिका भित्रका नागरिक स्थलमा आए क्वारेईनटाईनमा राखिने र अन्य जिल्लाबाट आएका नागरिकको अत्यावस्यक अवस्था हेरेर मात्र के गर्ने भन्ने निर्णय गरिने निगरानी स्थलमा खटिएका स्वास्थ्यकर्मी दिपेन्द्र खत्रीले बताए ।

विश्वमा महामारीको रुपमा फैलीएको कोरोना संक्रमणको प्रतक्ष असर नेपालमा पनि देखिन थालेको छ ।

हाल सम्म नेपालमा ९९ जनामा कोरोना संक्रमण देखिएको छ भने २२ जना निको भएर घर फर्किसकेका छन् ।