बुद्धका उपदेशले कोरोनाविरुद्ध लड्ने ताकत र ऊर्जा पैदा गरोस प्रचण्ड ,

वैशाख २५ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धका उपदेशले कोरोनाविरुद्द लड्ने र विजयी प्राप्त गर्ने उच्च मनोबल पैदा गर्ने नेपालिमा मद्दत मिल्ने विश्वास गरेका छन् ।

बुद्दले विश्व मानवजातिकालागि शहि ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सुत्र पहिल्याएको पनि प्रचण्डले सुभकामनामा व्यक्त गरेका हुन्

।सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सदभाव र सहिष्णुता नेपाली समाजको विशेषता हो भन्दै उनले यही विशेषताले कोरोना भाइरसविरुद्ध लड्ने ताकत र ऊर्जा पैदा हुने बताएका छन् ।

lekbesi

प्रचण्डले २५६४ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली समुदाय तथा विश्वभरका बौद्धमार्गीहरुमा र आज नै परेको किराँत समुदायको उभौली पर्वको उपलक्ष्यमा सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको कामना गरेका छन् ।