आज साँझ ७ बजे सबैले दिप प्रज्वलन गरौ प्रधानमन्त्री ओली ,

वैशाख २५ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीसमक्ष अपिल गरेका छन् ।

सिद्दार्थ गौतम बुद्दले जन्मलिएको बौद्दता प्राप्त गरेको शान्तिका सन्देशहरु दिनलाई सम्मान र कदर गर्दै बुद्द जयन्तिको सम्झनामा सबैले दिप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

तेस्तै प्रधानमन्त्री ओलीले रोल्पामा बम विस्फोटबाट ज्यान गुमाउने चार जना बालकहरुमा हार्दिक श्रदान्जली ब्यक्त गरेका छन् ।

lekbesi

कोरोना भाईरसमा दिन रात आफ्नो ज्यानको प्रभाव नगरी उपचारमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षामा खटिएक सुरक्षाकर्मीको उच्च मनोबल प्राप्तको लागि सबैले दिप प्रज्वलन गर्न ओलीले आग्रह गरेका हुन् ।

तेस्तै ओलीले कोरोना भाईरसबाट ज्यान गुमाउने हरुप्रति श्रदान्जली गर्दै कोरोनाले बरामी परेकाहरुमा स्वास्थ्य लाभको कामना ब्यक्त गरेका हुन् ।