भारतमा विषाक्त ग्याँस चुहिएर ८ जनाको मृतु पाँचहजार बढी अस्पताल भर्ना ,

वैशाख २५ ,नँया दिल्ली – भारतको आन्ध्र प्रदेश राज्यको विशाखापटनममा राति विषाक्त ग्यास चुहावट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

जसबाट पाँच हजार भन्दा बढी मानिस विषाक्त ग्यासले असर गरेको अस्पतालमा भर्ना छन् ।

एलजी पोलिमर्स इन्डिया प्रालिको केमिकल प्लान्टबाट विषाक्त ग्यास चुहावट भएको हो भारतीय समचारमध्यमले लेखेका छन् ।

सन् १९६१ मा स्थापित यो प्लान्ट सुरुमा हिन्दुस्तान पोलिमर्सको स्वामित्वमा थियो । सन् १९९७ मा यो प्लान्ट दक्षिण कोरियाली कम्पनी ‘एलजी’ ले लिएको थियो ।

बिहिबार बिहान करिब तिन बजेतिर होला एलजी पोलिमर कम्पनीबाट अचानक विषाक्त ग्यास फैलिएको ।

स्थानीयबासी घरमै सुतिरहेको समयमा ग्यास फैलिएको बताईएको छ ।एक्कासी श्वास फेर्न कठिनाई हुने, बान्ता हुने, आँखा पोल्ने जस्ता लक्षणसहित मानिसहरु घरबाहिर निस्कन थालेका थिए ।

धेरै मात्रामा भारतीय मानिस सडकमा ढलेको भारतीय टेलिभिजनले प्रतुत गरेका छन् । घटनालगत्तै प्रहरीले सो क्षेत्रका पाँच गाउँ खाली गराएको छ ।

रातारात सो क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

एलजी पोलिपर्स कारखानाको करिब तीन किलोमिटर दायरामा विषाक्त ग्यास फैलिएको बताइएको छ । ग्यास कसरी चुहियो भन्नेबारे प्रष्ट भइसकेको छैन ।

अधिकारीहरुका अनुसार बिहीबार बिहानै ग्यास चुहावट प्रकरणमा एलजी कम्पनीविरुद्ध स्थानीय प्रशासनले मुद्दा दायर गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरमार्फत यस विषयमा अधिकारीहरूसँग छलफल भइरहेको बताउँदै सबै सुरक्षित र स्वस्थ रहून् भन्ने कामना गरेका छन् ।श्रोत बिबिसीबाट ,