सशस्त्र प्रहरीद्वारा घरेलु मदिरा नष्ट ,

बैशाख २५ ,नवलपरासी पश्चिम – लकडाउनको मौका छोपी नवलपरासी पश्चिम जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सुस्तामा मदिरा तस्कर हुन थालेपछि सशस्त्र प्रहरीले गस्ती बढाएको छ ।

गाउँपालिकाकाे वडा नं ५ बन्नकट्टी गाउँबाट बिहिवार विहान सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट पाेष्ट गुठी प्रसाैनीले नवलपरासीले नेपालबाट भारत लैजानको लागि करिब एक सय पचास लिटर बराबरको घरेलुु मदिरा बरामद गरेको छ ।

नेपाल भारतको दशगजाको छेउमा रहेको केराबरीमा लुकाएर राखेको अवस्थामा मदिरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

lekbesi

स्थानियको गुनासो पछि सकृय बन्दै गएकाे सशस्त्र प्रहरी सुराकिकाे आधारमा सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएकाे गस्तीटाेलीले उक्त रक्सी बिहीबार बिहान नियन्त्रणमा लिन सफल भएकाे हाे ।

प्रहरीलाई देखेर तस्कर रक्सी केरा बारीमा छोडेर फरार प्रहरी निरिक्षक अधिकारीले बताए । नियन्त्रणमा लिइएकाे घरेलुु मदिरा स्थानिय , पत्रकार, सुरक्षाकर्मीहरूको राेहबरमा नष्ट गरिएकाे हो ।

रबिन्द्र यादव,

नवलपरासी पश्चिम,