हावाहुरीले रेडियो नेपालको टावर ढल्यो,

वैशाख २५ ,काठमान्डौ – आज विहान परेको असिना पानि संगैको हावाहुरीले सुर्खेतको हर्रे स्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावर ढलेको छ ।

 

हावाहुरीले टावर रेडियो नेपालकै एफएफ रिले स्टेशनको घरको छतमा ढल्न पुगेको छ । टावर घरको छतमा ढल्दा भने कुनै मानवीय क्षति भएन ।

आजबिहनको हावाहुरीले रिपिटर टावर ढल्दा रेडियो नेपाल र नेपाल टेलिभिजनको एन्टिना भाँच्चिएपछि प्रसारण अवरुद्ध भएको रेडियो नेपाल हर्रे स्थित एफएम रिले स्टेशनका प्राविधिक मोहन खत्रीले जानकारी बताए ।

lekbesi

हावाहुरीले क्षतिग्रस्त टावर बनाउन केही समय लागे पनि हाललाई मिडिएम वेभ ५७६ किलो हर्ज सुर्खेतबाट प्रसारण भईरहेको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख जानकी शरण साहले जानकारी गरे।