बारामा सशस्त्रको चेकपोष्टमा भारतीयले ढुंगामुढा गरेपछि ,

वैशाख २५ ,काठमान्डौ – बारामा भारतीयले सशस्त्र प्रहरीमाथि र चेकपोस्टमा आक्रमण गरेका छन्।

जिल्लाको कबहीगोठस्थित नेपाल,भारत सीमामा एक हुल भारतीयले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन्।

भारतीयहरु केहि दिन यता नेपाल भित्रिन खोजिरहेक छन् । उनीहरुलाई सिमानामा सुरक्षाकर्मीले रोक्न खोज्दा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि जाईलाग्ने गरेका छन् ।

lekbesi

बिहीबार दिउँसो करिब एक सय जना भारतीय नेपाल प्रवेश गरी सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले जानकारी दिए।

पहिले दुई जनामात्र खेतीपाती गर्ने भनेर नेपाल प्रवेश गर्न खोजेका र आउन नदिएपछि फर्कीएर सयौ भारतीय मानिस ल्याएर आएको श्रेष्ठले बताए ।

भीडमा आएकाहरूले सशस्त्र प्रहरीको चेकपोष्टमा ढुंगामुढा गरेका थिए। ढुंगामुढाबाट चेकपोष्टमा क्षति पुगेको छ। हवाई फायरपछि भारतीयहरू भागेको डिआइजी श्रेष्ठले बताए।
भारतबाट नेपाल प्रवेश गर्ने बढेपछि दुबै पक्षका सुरक्षा अधिकारीबीच अहिले छलफल भइरहेको उनले बताए ।