रोल्पामा चट्याङ लागेर २ जनाको ज्यान गयो,

रोल्पा – आज बिहान ८ बजे तिर परेको चट्याङले रोल्पामा दुई जनाको ज्यान गएको छ ।

चट्याङ लागेर लुङ्ग्री गाउँपालिका २ सिर्पका ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको ज्यान गएको वडाध्यक्ष अमृत घर्तीले जानकारी दिए ।

बिहान खेतीपातीमा रहेका भिमबहादुर बिक र ट्वाइलेट जान लागेका पुनको चट्याङ लागेर घटनास्थलमै ज्यान गएको हो ।

lekbesi

चट्याङले झण्डै ६० मिटरको दुरीमा रहेको दुवै घरमा क्षति पुगेको र भीमबहादुरको बाख्राको पाठा समेत मरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर गुरुङले बताउनुभयो ।

घटनास्थलमा अहिले प्रहरी चौकी सिर्प र इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली पुगेको छ ।

यो पनि जानी राखौ ,

चट्याङ्गबाट बचन यस्तो उपाय अपनाउन मौसमविदको सल्हा सुझाव ,