Simta
Simta
lekbesi

भोलि देखि नेपालगंजमा ४ घण्टा लकडाउन खुकुलो हुने,

Gurvakot

वैशाख २५ ,काठमान्डौ – भोलि देखि बाँके नेपालगंजमा लकडाउन ४ घण्टाको लागि खुकुलो हुने भएको छ ।

बिहीबार बसेको सर्वपक्षीय बैठकले शुक्रबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म अत्यावश्यक सामान खरिदका लागि खुकुलो पार्ने निर्णय गरेको हो ।

नेपालगन्जमा जारि रहेको तीनदिने कर्फ्यु भोलि सकिदै छ । हरेक दिन ११ बजेदेखि तीन बजेसम्म अत्यावश्यक सामान खरिदका र आपुर्तिका लागि निस्कन दिइने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

lekbesi

बिहान ११ बजेदेखि ३ बजे सम्म हिडेर अत्यावस्यक सामान खरिद गर्न पाउने तर सवारी साधन पूर्ण रुपमा बन्द गरिएको खडकाले बताए ।

नेपालगन्जमा एउटै टोलका २३ जनामा कोरोना संक्रमण फेला परेको छ ,उनीहरुको अहिले उपचार भईरहेको छ भने अवस्था सामान्य रहेको छ ।

Simta