Simta
Simta
lekbesi

अर्जुन ओलीले गरे २१ हजारको खाद्यान्न र नगद गुर्भाकोट नगरपालिका विपद कोषलाई सहयोग,

Gurvakot

वैशाख २६ ,काठमान्डौ – अर्जुन ओलीले सुर्खेत गुर्भाकोट नगरपालिकाको विपद व्यवस्थापन कोषमा२१ हजार बराबरको खाद्यानन र नगद सहयोग गरेका छन् ।

ओलीले आफ्नो न्यु हिमाल हर्बल एन्ड फुड सप्लायर्सको तर्फबाट रु १६,५००,को १० कठ्ठा चामल ,१५ सयको दाल ,खाने तेल १ पेटि रु,१९०० नुन ५ पाकेट रु,१२५ नगत रु १०१० गरि जम्मा २१,०३५ बराबरको खाद्याना नगद सहयोग गरेका हुन् ।

विश्वमै महामारीको रुपमा फैलीएको कोरोना संक्रमणको प्रतक्ष असर नेपालमा पनि देखिन सुरु गरेको छ ।

lekbesi

जसको असरबाट बच्न नेपाल सरकारले गत चैत ११ गते बाट २०७७ जेठ ५ गते सम्म लकडाउनको घोषणा गरेको छ ।

लकडाउनमा परि नगरपालिका भित्रका अति विपन्न गरिब ,मजदुर वर्गका नागरिकले काम गर्न नपाई छाक टार्न समेत मुश्किल भएको छ ।

यस्तो आवस्थामा ति विपन्न परिवारको घरमा समस्या आउन नदिन भन्दै नगरपालिकाले विपद व्यवस्थापन कोष सुरु गरेको छ ।

उक्त विपद कोषमा आफुले पनि केहि राहत र नगद सहयोग गर्न पाउँदा आफुलाई खुसि लागेको अर्जुन ओलीले बताए ।

Simta