यो कथा होइन, करोडपति बन्ने सुत्र हो पढ्नुहोस ,

वैशाख २६ ,काठमान्डौ – केहि दिन पहिले मेरा मित्र प्रवेशजीले फोन गरेर भन्नुभयो – सर म त करोडपति बन्ने नि मलाइ लाग्यो, निम्न आय भएका प्रवेशले आफुलाई व्यंग्य गरेर रोडपतिको ठाउँमा करोडपति भने होलान् ।

म अलमल परेको अनुमान गरेर उनले थपे -हामी ६ जना मिल्ने साथीहरुले लकडाउन भएपछि बिभिन्न बिकल्पमा योजना बनाउंदै छलफल गर्यौं ।

हामीसंग पैसा थिएन । तर बाँच्नु थियो, हामीले सोच्यौं यो लकडाउनको समयमा तथा लकडाउन पछि धेरै ब्यबसाय चल्ने छैनन् ।

lekbesi

नचल्ने ब्यबसाय सुरु गरेर हामी थप डुब्ने काम गर्नु उपयुक्त लागेन त्यसपछि एउटा योजना बनायौं ।

योजना अनुसार २ जना साथी धादिङ्ग तथा नुवाकोटका गाउँगाउँ जानु भयो । एउटा साथीले प्रचारप्रसारको जिम्मा लिएर अनलाइनको काम सम्हाल्नुभयो ।

अर्को साथीले स्टोरको काम सम्हाल्नुभयो हामी २ जना बाइक लिएर घरघर पुग्ने भयौं ।

गाउँमा गएका साथीहरुले ओर्गानिक तरकारी, अन्न, दल्हन, तेल, घ्यु, मह संकलन गरेर सितापाइलास्थित स्टोरमा ल्याउने काम गर्नुभयो, अनलाइन बुस्ट गरेर प्रमोसन गर्ने, अर्डर लिने लिने काम हुँदै गयो ।

हामी २ जनाले अर्डर आएका ठाउँमा सामान पुर्याउन थाल्यौं कामको चाँप निकै बढ्यो अर्डर निकै आयो । हामीलाई सामान पुर्याउन निकै गाह्रो भयो।

त्यसपछि हामीले २ जन स्थानीय किसानसंग मिलेर अल्पकालको लागि सामान खरिद गर्ने, काठमाडौं ल्याउने गर्न थाल्यौं भने दीर्घकालिन ब्यबसायको लागि ६० रोपनी जग्गा लिजमा लिएर खेतीपाती सुरु गर्यौं ।

जग्गा लिजमा लिएको १ महिना नपुग्दै हामीले फापर, तोरी, रायो, मेथी, धनिया, चम्सुर, हरियो लसुन, हरियो प्याज, बन्दा,लाम्चो फर्सी, बकुला, केराउ लगायत तरकारी तयार गर्यौं ।अर्को लटको लागि सिमी, बोडी, भिंडी, भान्टा, करेला, घिरौंला, लौका, चिचिन्नो, फर्सी, काँक्रो, मुला, गाजर, गोलभेंडा, भेंडे खुर्सानी लगायत तरकारी रोपेका छौं ।

च्याउ खेतीको लागि १० वटा टनेल बनाउदै छौं ।लोकल तथा ब्रोइलर कुखुरा, बाख्रा, बट्टाइ पालन गर्ने तयारी गर्दैछौं ।

थप जग्गा लिजमा लिएर मौसम अनुसारका बाली लगाउने सोंचमा छौं । फलफुल खेतीको लागि अध्ययन गर्दैछौं । त्यस्तै जडिबुटी खेतीको लागि परामर्श गर्दैछौं ।

म छक्क परें ।हिंजोसम्म काम खोज्न हिंड्ने प्रवेशजीले अहिले लगभग एक दर्जनलाई रोजगारी दिएका छन् ।

उनीहरुको समुह यसरी खटेको छ कि त्यो खटाइ सुन्दा मलाइ लाग्यो, अब युग अनुसार आफुलाई ढाल्ने हो भने नेपालमा कोहि पनि बेरोजगार हुनेछैन ।

गाउँका बाँझा खेतबारी तथा पाखाहरु आवाद हुनेछन ।ठूलो महामारी तथा बिपत्ति अवसर पनि बनेर आउदोरहेछ।

जन स्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे समिरबाट ,