भारतमा घर फर्किरहेका मजदुरहरुलाई रेलले किच्यो १६ जनाको मृतु ,
वैशाख २६ ,एजेन्सि- महरास्ट्र औरंगावादमा करमाड स्टेशनमा रेलले कुल्चेर १६ जना प्रवासी मजदूरको मृत्यु भएको छ । सबै मजदूर मध्य प्रदेश गइरहेका थिए ।
शुक्रबार बिहान सवा ५ बजे उनीहरुलाई रेलले कुल्चेको थियो । करमाड प्रहरीका अनुसार मजदूरहरु जालनाबाट भुसावल गइरहेका थिए ।
त्यहाँबाट उनीहरुले रेल चढ्नुपर्ने थियो । मजदूरहरु रेलवे ट्र्याकको छेउ हुँदै हिँडिरहेका थिए । थाकेपछि उनीहरु ट्रयाकमा नै सुत्न पुगेका थिए ।
रेलका चालकले उनीहरुलाई देखेर रेल रोक्ने प्रयास गरे पनि जोगाउन सकेनन् । घटनाको जाँचका लागि आदेश दिइएको छ ।
रिपोर्टका अनुसार उनीहरु एक स्टिल फ्याक्ट्रीमा काम गर्थे । लकडाउनका कारण भारतमा रेल यातायात बन्द रहे पनि मालवाहक रेल सञ्चालन भइरहेको छ ।
ती मजदूरले आफू हिँडेको बाटोमा रेल सञ्चालन नहुने ठानेरै लिकलाई सिरानी बनाएर ढुक्कले सुतेको हुन सक्ने स्थानीयबासीको भनाइ छ ।
संगैका ४ जना बचेको र उनीहरुको संग कुरा गरिरहेको औरंगावादका एसपि मोक्षदा पाटिलले बताएका छन् । उनका अनुसार १४ जनाको रेलस्टेसनमा र दुई जनाको उपचारको क्रममा मृतु भएको थियो ।
प्रधानन्त्रीले घटनाप्रति दुःख जताएका छन् । यसबारे उनले रेलमन्त्री पीयूष गोयलसँग कुराकानी गरेका छन् ।दैनिक भास्कर ,