कोशी अस्पतालबाट ८ जना कोरोना संक्रमित डिस्चार्ज ,

वैशाख २६ ,काठमान्डौ – कोशी अस्पतालबाट थप ८ जना कोरोना संक्रमित आईसोलेसनबाट डिस्चार्ज भएका छन् ।

शुक्रबार डिस्चार्ज हसनेहरुमा भारतका एक जना युवा, अरु नेपालि रहेका छन् । एक महिलासहित पाँचजना उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका हुन् ।२ जना भने विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन ।

डिस्चार्ज भएकाहरुलाई शुक्रबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अस्पताल पुगेर विदाई गरेका हुन् ।

lekbesi

संक्रमण मुक्त भएकाहरुबाट थप जोखिम हुने भएकाले १४ दिन क्वारेन्टाइनमा राखिने उनले बताए ।

बुधबार कोरोना उपचार केन्द्रबाट ६ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए । हाल सम्म नेपालमा कोरोन संक्रमित ३० जना निको भएका छन् ।

कोशी अस्पतालमा अब १७ जना उपचाररत छन उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. मिश्राले बताइन् ।

तेस्तै नेपालमा हाल सम्म १०१ जनामा कोरोना संक्रमण फेला परेको छ ।