(डीपीएल) क्रिकेट खेलमा धनगढीका ललित भण्डारीले पाए सुनको जुता ,,

३० चैत, कैलाली – धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा यसवर्ष सर्वोत्कृष्ट खेलाडीलाई गोल्डेन बुट दिइएको छ । डिपीएलमा पहिलो पटक सुनको जुत्ता पाउने भाग्यामानी खेलाडी ललित भण्डारी हुन् उनले टिम चौरा धनगडी बाट खेलेका थिय । उनी प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित हुँदै गोल्डेन बुट पाएका हुन् । गोल्डेन बुटको प्रायोजन गोल्ड स्टार जुत्ताको उत्पादक कम्पनीले गरेको थियो ।

उनले ७ इनिङमा २६ ओभर बलिङ गर्दै १८५ रन खर्चेर १४ विकेट लिए र प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीबने र गोल्डेन बुट पाय ।त्यस्तै टिम चौराहाकै रोहन मुस्तफा ‘प्लेयर अफ द टुर्नामेन्ट’ बनेर मोटरसाइकल पाए । शुक्रबार काठमाडौं गोल्डेन्सविरुद्धको फाइनल खेलको म्यान अफ द म्याच समेत रहेका उनले २०० सीसीको बजार मोटरसाइकल उपहार पाए ।

मुस्तफाले ब्याटिङमा ६ इनिङमा १९८ रन बनाए । ३३ को एभरेजमा रन बनाएका उनले १० चौका र ११ छक्का हाने । साथै बलिङमा पनि उनले ९ विकेट लिए । प्रतियोगिताको ६ इनिङमा २२ ओभर बलिङ गरेका उनले १५८ रन खर्चेर ९ विकेट लिएका हुन् ।विजेता बनेको टिम चौराहाले २५ लाख, उपविजेता काठमाडौंले १० लाख, तेस्रो भएको महेन्द्रनगर युनाइटेडले तीन लाख, चौथो भएको सीवाईसी अत्तरीयाले दुई लाख रुपैयाँ पुरस्कार पाएको छ ।