राष्ट्रपति र सभामुखबीच भेटवार्ता,

वैशाख २६ ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।

राष्ट्रपति निवास शितल निवासमा भएको भेटमा शुक्रबार दिउँसो सुरु हुने संघीय संसदको छैठौं अधिवेशन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भएको बताईएको छ ।

भेटमा सभामुख सापकोटाले कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा विश्व स्वास्थ्य संठनले दिशानिर्देश गरेअनुसार संसदको बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराएका थिए ।

lekbesi

संघीय संसदमा जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।