चिनियाँ नागरिक र प्रहरीबीच सिंहदरबार गेट अगाडि झडप,६ जना घाईते ,

वैशाख २६ ,काठमान्डौ – चिनियाँ नागरिकले घर फर्कन माग गर्दै सिंहदरबारको मुख्‍य गेट अगाडी धर्ना बस्दा प्रहरी र चिनियाँ नागरिकबीच झडप भएको छ ।

करिब २० जनाभन्दा बढी रहेका उनीहरु ‘वी वान्ट टू गो ब्याक होम’ लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडी धर्ना बसिरहेका बेला प्रहरीले हटाउन खोज्दा झडप भएको हो ।

झडपमापरी दुई चिनियाँसहित ६ जना घाइते भएका छन् ।प्रहरीको लाठी चार्जको क्रममा दुई चिनियाँ घाइते भएका छन् ।

lekbesi

भने चिनियाँले ढुंगा प्रहार गर्दा डीएसपी हरीबहादुर बस्‍नेतसहित ४ जना प्रहरी घाइते भएका छन् ।

उनीहरुले घर फर्कने माग गर्दै अहिलेपनि फुटपातबाट पनि धर्ना दिईरहेका छन् ।