मलेसियामा थप २५ जना नेपालीमा कोभिड १९ संक्रमण , ,

वैशाख २६ ,काठमान्डौ – मलेसियामा थप २५ जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

मलेसियाको स्वास्थ्य विभागका अनुसार पेडास र रिमवु उद्योगमा कार्यरत विदेशी कामदारको स्वास्थ्य परीक्षण गर्नेक्रममा २५ नेपालीसहित ६० कामदारलाई पोजिटिभ देखिएको हो ।

७ सय ८६ जना विदेशी कामदारको स्वास्थ्य परीक्षण गरिएकामध्ये ६० जनालाई पोजिटिभ देखिएको विभागका महानिर्देशक दातु नुर हिसाम अब्दुल्लाहले जानकारी दिए ।

lekbesi

२ सय ८६ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ भने ४४० जनाको नतिजा आउन बाँकी छ । त्यसमा कति जना नेपाली भनेर खुलाइएको छैन ।

उक्त उद्योगमा अप्रिल ५ तारिखमा परिक्षन गर्दा पहिलोपटक कोरोना संक्रमित देखा परेका थिए ।