surkhet

रुपन्देहीको तिलोत्त नगरपालिकामा एक वर्षभित्र प्लास्टिक झोलामुक्त नगर गराउने घोसना ,,,

surkhet

१ वैशाख, बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नयाँ वर्षको अवसर पारेर एक वर्षभित्र प्लास्टिक झोलामुक्त नगर बनाउने संकल्प गरेको छ ।नगरले ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नाराका साथ नयाँ मिलचोकमा भएको कार्यक्रममा सहभागीहरुले एकसाथ ११ बुंदे प्रतिवद्धता वाचन गर्दै यस्तो अभियान सुरुगरेका हुन् । कार्यक्रममा रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, रुपन्देही १ का प्रदेश सभा सांसद दधिराम न्यौपाने, रुपन्देहीकै अर्का सांसद बलदेव शर्मा पोखरेलका साथै स्थानीयको उल्लेख्य सहभागिता थियो ।

तिलोत्तमा नगरपालिकाले २०७६ असारसम्म प्लास्टिक झोला/ पलास्टिकका गिलास घटाउने र २०७६ साउनदेखि हटाउने बताएको छ । सांसद घनश्याम भुसाल र नगरप्रमुख बासुदेव घिमिरेले प्लास्टिक झोलामुक्त अभियानका संयोजक केशवराज न्यौपानेलाई एक बोरा कपडाको झोला हस्तान्तरण गरेका छन् ।  सबैले यो अभियानमा सघाउनु पर्ने पनि जानकारी दियका छन् ।पलास्टिक झोलाले गर्दा मानवीय जिबनमा मानव स्वास्थ्य मा प्रतिकुल असर पारेको र यसको धुँवाले मानिसलाई क्यान्सर समेत हुने गरेको जानकारी गराउदै यो अभियानमा जागरूप भयर लाग्न सचेत गरेका छन् ।यो अभियान असाध्यै राम्रो, पवित्र र सुन्दर कार्य हो’भुसालले भने, ‘नयाँ र सिर्जनात्मक काम गर्ने हो भने तिलोत्तमा मुलुककै नमूना नगरपालिका बन्न सक्छ ।’

Gorkha

तिलोत्तमा नगरवासीले अब बजारमा किनमेल गर्न जाँदा कपडा वा जुटको आफ्नै झोला लिएर जानु पर्ने पनि बतायका छन् ।

Dailekh

प्रदेशसभा सांसद बलदेव शर्मा पोखरेल र दधिराम न्यौपानेले पनि अभियान अनुकरणीय रहेको भन्दै प्रतिवद्धता व्यवहारमा कार्यान्वयन गर्न सुझाए ।नगरपालिकाकाले वातावरण स्वच्छ राख्ने उद्देश्यले जनसहभागितामा हरेक महिनामा दुई दिन वृहत सरसफाई अभियान, नगर सुन्दरीकरण र हरियाली प्रवर्द्धनका लागि नगरभित्र पर्ने ६ लेन सडकको दुबैतिर गार्डेनिङ अभियान र छाडा गाईगोरुमुक्त अभियान पनि चलाइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

नगर कार्यपालिकाले फोहरमैला व्यवस्थापन कार्यविधि पारित गरिसकेकाले नियम उल्लंघन गर्नेलाई एकहजारदेखि एक लाखसम्म जरिवाना गर्ने पनि बताए ।

salyan