नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुस्टि संक्रमित संख्या १०९ पुग्यो ,

वैशाख २७ ,काठमान्डौ – नेपालमा थप ७ जनालाई कोरोना संक्रमण फेला परेका छन् ।

उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताएका छन् ।

lekbesi

यो संगै नेपालमा संक्रमितको संख्या १०९ पुगेको छ ति मध्ये २७ जना निको भईसकेका छन् ।