Simta
Simta
lekbesi

लिपुलेखमा भारतले सडक बनाउनु आपतिजनक सरकारले निकाल्यो यस्तो विज्ञप्ति ,

Gurvakot

वैशाख २७ ,काठमान्डौ – भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएको र उद्घाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । जसको लागि अहिले नेपालमा विरोध भईरहेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शनिबार विज्ञप्ति जारी गर्दै महाकाली नदी पूर्वक्षेत्र नेपाली भू-भाग रहेको सुगौली सन्धीमै प्रष्ट रहेको उल्लेख गरेका छन्।

सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित काली (महाकाली) नदीको पूर्वक्षेत्र नेपाली भूभाग भएको प्रष्ट भएको र पछिल्लो पटक भारतले जारी गरेको नक्साका सम्बन्धमा पठाएको कूटनीतिक नोटमा समेत त्यसलाई उल्लेख गरिएको मन्त्रालयले बताएको छ ।

lekbesi

विज्ञप्तिमा भनिएको छ, ‘भारतका प्रधानमन्त्री सन् २०१५ मे १५ मा चीन भ्रमणमा गएका बेला जारी संयुक्त वक्तव्यमा नेपालको सहमतिविनै लिपुलेक पासलाई द्वीपक्षीय व्यापार मार्गका रुपमा समावेश गर्ने सहमति गरियो ।

भारतीय कदम सीमा विवाद सम्वादबाट हल गर्ने दुई देशका प्रधानमन्त्रीको सहमतिको पवि विपरित भएको भन्दै परराष्ट्र मन्त्रालयले भनेको छ।, नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न नेपाल सरकार भारत सरकारलाई आग्रह गर्दछ ।

सन् १८१६ को सुघौली सन्धी अनुसार काली (महाकाली) नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत सबै भूभाग नेपालको रहेको स्पष्ट पार्दै परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ।

‘यो कुरा नेपाल सरकारले विगतमा र अहिले पनि कयौंचोटि दोहोर्याउँदै आएको छ ।सरकारले नेपाली भूमिमा एकपक्षीय कार्य कुनै पनि गतिविधि नगर्न पनि भारत सरकारलाई आग्रह गरेको हो।

Simta