विभिन्न प्रदेशबाट आएको नमुना परिक्षनमा ३४० जना रेडजोनमा छन् ,

वैशाख ,काठमान्डौ – आजको कोरोना ब्रिफिङ्गमा कुनैपनि कोरोना संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी गरेका छन् ।

तेस्तै हाल सम्म १६,३०९ जनाको पिसिआर परिक्षन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ भने आरटिडी विधिबाट ५५९३० को परिक्षन गरिएको बताएको छ ।

गत २४ घण्टामा १ हजार ७ सय ४२ जनाको परिक्षन भएको छ । हाल देशभर १४,५९२ जना क्वरेईनटाईनमा बसेको मन्त्रालयले जनाएको छ ।

lekbesi

तेस्तै कुनै पनि व्याक्तिले कोरोना संक्रमणको बारे बुझ्न चाहेमा फ्री कल १११५ र ११३३ मा अकल गर्नसकिने पनि मन्त्रालयले जनाएको छ ।

विभिन्न प्रदेशबाट परिक्षन गरिएका मध्येबाट ३४० जना रेडजोनमा परेको पनि बताईएको छ ।

आजबाट सिसिएमसीमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रिले मोबाईल अप्लिकेशन कोभिड एनपी सुरु गरेका छन् ।सम्भावित संक्रमितको पहिचानको अवस्था पहिचान गर्न यो अप्लिकेसन सुरु गरिएको हो ।

हाल सम्म महिला ३१ र पुरुष ७८ जना गरि १०९ जना संक्रमित छन् हाल सम्म ३१ जना निको भएर घर फर्केका छन् ।भने तेस्तै आजबाट पिसिआरको दयार बढाएको पनि मन्त्रालयले जनाएको हो ।

दैनिक उपभोग्य समान औषधि पशल किनमेल गरेपछि घर भित्र भित्रेपछि राम्रो संग साबुन पानीले हात धुने र सेनीटाईजर प्रयोग गरि सतर्कता रहन पनि मन्त्रालयले अपिल गरेको छ ।