आज सम्म राजनीतिक प्रतिस्प्रधा भयो अब समृद्धिका लागि प्रतिस्पर्धा गरौं , उपराष्ट्रपति पुन ,,
१ वैशाख, इलाम – उपराष्ट्रपति नन्दबहादुर पुनले अबको प्रतिष्पर्धा समृद्धिका लागि हुनु पर्ने बताएका छन् । पुनले भने विगतमा राजनीतिक पर्तिस्प्रधा थियो अब तेस्तो छैन अब भनेको देश, नगर ,टोल बनाउन र जनता बन्ने भनेको आर्थिक समृद्धिमा प्रतिस्प्रधा गर्न पर्ने हुन्छ । इलाम सदरमुकाम (खलङ्गा) स्थापना भएको २०० वर्ष पुगेको अवसरमा आयोजित तीन दिने महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले अब देश बनाउने भनेकै समृद्धिका को कारणले अगाडी बढ्ने छ यसको लागि हरेक सेक्टर बाट सरकारले सहयोग गर्नेछ तेस्को लागि तपाई हरु तयार हुनुहोस ।
अघिल्लो वर्ष निर्वाचन वर्षको रुपमा वितेकाले अबको वर्ष समृद्धिको वर्षको रुपमा अघि बढाउनु पर्ने उपराष्ट्रपति पुनले बताए । इलामले राजनीतिक परिवर्तनका लागि ठूलो योगदान पुर्याएको थियो अब अब समृद्धिका लागि पनि इलामले ठूलो योगदान पुर्याउन छ पुनले भने ।‘इलामः हाम्रो गौरव’ नारासहित शनिबारबाट शुरु भएको महोत्सवमा इलामका विशिष्ट नागरिक इतिहासकार युद्धप्रसाद वैद्यलाई रथारोहणसहित नागरिक अभिनन्दन र सम्मान गरिएको थियो ।कार्यक्रममा धरान उपहानगरपालिका र इलाम नगरपालिका बीचको भगिनी सम्बन्ध कायम गर्ने सम्झौता भएको छ । कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो ।
महोत्सवमा इलामका उत्पादनहरुको स्टलहरु राखिएका छन् । साँकृतिक कार्यक्रम, धार्मिक स्थलमा पूजापाठ कार्यक्रम, साहित्यिक कार्यक्रम, विचार गोष्ठीको आयोजना गरिएको छ ।१८७२ मा भएको सुगौली सन्धीपछि नेपालको सीमाना पूर्वको मेची नदी कायम भएपछि ४० भित्र श्रीनाथ पल्टन -गढी) सार्नुपर्ने शर्त राखियो । त्यसपछि कर्फोक, नाम्सालिङ्ग हुँदै १८७५ मा पल्टनसहित गढी इलामको माइस्थानमा सारिएको थियो । सोही समयदेखि इलाम सदरमुकामको स्थापना भएको थियो ।