भारतले सडक बनाईरहेको सरकारलाई पहिले थाहा थियो परराष्ट्रमन्त्री ,

वैशाख २८ ,काठमान्डौ – नेपाली भूमि अतिक्रमण गरि भारतले बनाइरहेको सडकबारे सरकारलाई पूर्वजानकारी रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले सडक बनाएको बताएका थिए ।

सांसदहरुले थाहा भएको भए अहिले सरकारले के हेरेर बसेको थियो भन्ने प्रश्नमा यो निर्माण कार्यमा सरकारलाई थाहा नहुने भन्ने हुन्न ।

lekbesi

उनले भने हामीलाई थाहा छ ,भारतले यो सडक बनाउने निर्णय सन् २००५ मा गरेको थियो भने २००८ मा निर्माण थालेको थियो ।

त्यसले नयाँ गति भने २०१४ मा लिएको मन्त्री ज्ञवालीले जानकारी दिए । हामीले सिमा समाधानको बारेमा पटक पटक औपचारिक बैठक बस्न समेत माग गरेका हौ ,सामान्यतया फेब्रुअरीको अन्त्यतिर बैठक बस्न सक्ने दिशातिर हाम्रा छलफल अगाडि बढेका थिए ।

तर कोरोनाको महामारीसँगै सबैको ध्यान यतातिर केन्द्रित भएको र बैठक हुन नसकेको उनले बताए । परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाटै गर्न सकिन्छ भन्नेमा सरकार दृढ रहेको समेत बताए ।

हिजो भारतीय विदेश मन्त्रालयको प्रवक्ताले आफुलाई कोरोनापछि वार्तामा बस्ने प्रतिक्रिया दिएको पनि ज्ञवालीले बताए ।

नेपाली भूमिको रक्षाका लागि सिंगो देश एकतावद्ध रहेको भन्दै उनले यसमा कसैले पनि संवैदनशीलता ल्याउने र राजनीतिकरण प्रयास गर्न नहुने बताए ।

साथै सबै मानवीय संकटमा केन्द्रित भएको बेला छिमेकीको संवेदन शीलतामाथि प्रश्न उठ्ने गतिविधि नगर्न भारतलाई आग्रह गरेका छन् ।