भारतले अतिक्रमण गरेको भुमि गिर्ता गर्न संसदमा संकल्प प्रस्ताव दर्ता,
,वैशाख २८ ,काठमान्डौ – भारतले अतिक्रमण गरेको नेपली भुमि लिम्पियाधुरा,कालापानी ,लिपुलेख क्षेत्रलाई फिर्ता ल्याएर नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले संकल्प प्रस्ताव दर्ता गरेका छन् ।
नेकपा ६ जना सांसदहरुले संसदमा संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।संकल्प प्रस्ताव दर्ता गराउने सांसदहरुमा गणेश ठगुन्ना, डा. दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटी छन् ।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ८४ बमोजिम संकल्प प्रस्ताव दर्ता गरिएको उनीहरुले बताएका छन् ।
दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पूर्ण भूभाग नेपालको रहेको ऐतिहासिक प्रमाण, तथ्यहरू, विभिन्न समायमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साहरूले प्रमाणित गरेको संकल्प प्रस्तावमा लेखिएको छ ।
संकल्प प्रस्तावमा भारतले अतिक्रमण गरेको भूभाग ऐतिहासिक तथ्य, प्रमाण, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साहरुले प्रमाणित गरेको उल्लेख छ।