Simta
Simta
lekbesi

पररास्ट्रमन्त्रि र भिम रावल बीच ठोका ठोक ,

Gurvakot

वैशाख २८ ,काठमान्डौ – भारतले नेपालको भू–भाग अतिक्रमण गरेको विषयमा छलफलका लागि जुटेको अन्र्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा चर्काचर्की भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित छलफलका लागि बोलाइएको बैठकमा समितिले कुनै निर्णय नगरेपछि विवाद भएको हो ।

बैठकमा सुरुमा हालै भारतले नेपालको भूमिमा सडक निर्माण गरि उद्घाटनको विषयमा विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसबारे जानकारी गराए ।

lekbesi

परराष्ट्रमन्त्री ज्ञवालीले बैठकमा उठेका विषयमा जवाफ दिए पनि कुनै निर्णय/निर्देशन नगरी आगामी बैठक अनिश्चित भएपछि सांसदहरुले बैठकको मिति तोक्नपर्ने अडान लिएका थिए ।

समिति सभापति पवित्रा निरौला खरेलले मन्त्रीसँग समय लिएर मात्रै बैठक तय हुने बताएपछि बैठकमा विवाद भएको थियो ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएकोले उनले सांसदहरुलाई ३ मिनेट भित्रमा आफ्नो भनाई राख्न समय दिइन् ।

सत्तापक्ष तथा प्रतिपक्ष दलका सांसदहरुले नेपालको भूमि हुँदै चीनको सिमानासम्म भारतले बाटो बनाउँदा सरकारले के हेरेर बसेको भन्दै आलोचनात्मक प्रश्न गरे ।

सबै सांसदहरुको बोल्ने पालो नपुगेपछि सभापति खरेलले सिमित सांसदका प्रश्नको जवाफ दिन परराष्ट्रमन्त्री ज्ञवालीलाई समय दिएपछि सांसदहरुले आपत्ति जनाए ।

बोल्न नपाएका सांसदहरुले भोलिका लागि बैठक बोलाउन माग गरेपनि सभापतिले भोलि नै बैठक बोलाउन नसक्ने बताएपछि चर्काचर्की सुरु भयो ।

सभापति खरेलले अर्को बैठक यकीन गर्न नसक्ने बताएपछि नेकपा सांसद भीम रावल कड्किए, ‘सभापतिज्यू देशको सार्वभौम सत्ताको रक्षाभन्दा ठूलो कुरा के हो ? मलाई सुनाउनुहोस् ।

बैठकको समय तय हुनुपर्छ र त्यो बैठकमा कुरा राख्न पाउनुपर्छ । त्यो बैठकबाट निर्णय हुनुपर्छ । यसरी बैठकका विषयमा अहिले भन्न सक्दिन भन्न मिल्दैन ।

भिम रावलले मन्त्रिले जसरि भएपनि समय मिलाउनु पर्छ भनेपछि सभापति खरेलले मन्त्रीको समय के हुनसक्छ भन्ने ख्याल गरेर आफूले त्यसो भनेको बताइन् ।

खरेलले समिति सदस्यहरुसँग छलफल गरेर अर्को बैठक तय हुने उल्लेख गरिन् । त्यसपछि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन परराष्ट्रमन्त्री ज्ञवालीलाई समय दिइन् ।

तर, सांसदहरु बोलिरहे अर्को बैठक कहिले बस्छ सभापतिज्यू, बैठकको मिति आजै तय हुनपर्छ । बोल्न सुरुनै नभई परराष्ट्रमन्त्री ज्ञवाली सांसदहरु बीचमा बोलिरहेपछि रोकिए । होहल्ला रोकिएपछि आफ्ना कुरा राखे ।

भीम रावलको आपत्ति: परराष्ट्र मन्त्रालयको वक्तव्यमा हस्ताक्षर खै ? 

यस्तै, सांसद भीम रावलले परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा हस्ताक्षर नभएकोमा आपत्ति जनाए । उनले भने– ‘म मन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु, मैले यसअघि पनि अन्तर्राष्ट्रिय समितिको बैठकमा भनेको थिएँ, अरु देशको परराष्ट्र मन्त्रालयले आफ्नो प्रवक्तामार्फत सशरीर आफ्नो देशको बारेमा बोल्छ ।

अघिल्लो पटकको बक्तव्यमा पनि कुन व्यक्तिको हस्ताक्षर थियो हामीलाई थाहा भएन । अहिले त हस्ताक्षर नै छैन । यस्तो बेबारिसे वक्तव्य जारी गरेर आज अन्तर्राष्ट्रिय बैठक नगरौं भोली तय गरौँ भन्न मिल्दैन ।

मन्त्रीको जवाफ गुगल हेरौ,

मन्त्री रावलको प्रश्नमा मन्त्री ज्ञवालीले भने अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै मन्त्रालयको विज्ञप्तिमा कसैको हस्ताक्षर नभएको र त्यो स्वतः नेपाल सरकारको आधिकारिक धारणा भएको उल्लेख गरे ।

यसबारे अन्न्तर्राष्ट्रिय अभ्यासहरु गुगलमा पनि हेर्न सकिने उनले बताए । ‘अन्तर्राष्ट्रिय अभ्यासहरु के छन् यो त सजिलै हेर्न सकिन्छ होला नि, अघि केही साथीले मलाई गुगल हेर्न सुझाउनुभयो । गगुल हेर्दा पनि भेटिन्छ होला नि’ उनले जवाफ दिए ।

बिहान ८ बजे बैठक,

परराष्ट्रमन्त्री सांसदका प्रश्नको जवाफ दिएर हिँडे । त्यसपछि सांसदहरुले भोलिको बैठक समय तय गर्न सभापति पवित्रा निरौला खरेललाई आग्रह गरे । सभापति खरेलले भोलि बिहान ८ बजे बैठक राख्ने प्रस्ताव गरिन् र समिति सदस्यहरुले सहमति जनाएका छन् ।

निर्णय अर्को बैठकमा

सभापतिसँग छलफल गरेर आइतबार के निर्णय गर्ने भनेर समिति सचिवालयले ५ बुँदे सुझावपत्र तयार पारेको थियो । सुझाव पत्रमा कञ्चनपुरको बनबासा र टनकपुरमा अलपत्र नेपालीहरुलाई स्वदेश ल्याउनुपर्ने, भारतका अन्य क्षेत्रमा रहेका नेपालीहरुलाई पनि नेपाल फर्काउने व्यवस्था गर्ने, भारत लगायतका देशमा रहेका नपालीहरुलाई पनिराहत उपलब्ध गराउने, सिमामा सुरक्षा बढाउने लगायतका विषय उल्लेख थियो ।

Simta