नेपालमा भयावह आउने खतरा थप १० जनामा कोरोना पुस्टि ,

वैशाख २९ ,काठमान्डौ – कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा न. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं। ७ र १० का रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।

lekbesi

यो सँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केहि महिनाको लकडाउनले गर्दा नागरिकमा असजिलो भएतापनि नेपालमा थप भयावह नआउला भने भन्न सकिन्न ।

सरकारले गरेको लकडाउनलाई वेवास्था गर्दै विभिन्न जिल्लामा खुकुलो भयो भन्दै लापरवाही गरेको देखिन्छ ।