कालापानीमा सशस्त्र प्रहरी पठाउने तयारीमा सरकार ,

वैशाख २९ ,काठमान्डौ – कालापानीको नजिकैको छाङरुमा सशस्त्र प्रहरी पठाउने तयारिमा रहेको सरकारले बताएको छ ।

भारतले नेपालको भुमि अतिक्रमण गरेको सीमा क्षेत्रमा सुरक्षाका लागि सेना पठाउन सांसदहरुले माग गरेका हुन् ।सांसद भीम रावलले तत्काल अतिक्रमण भएको क्षेत्रमा विज्ञ टोली पठाउन माग गर्नुका साथै नेपालको नक्सा प्रकाशन गर्न पनि माग गरेका छन् ।

सांसदको आग्रहपछि सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हेलिकप्टरमार्फत छाङरुमा सुरक्षाफौज लैजाने तयारी भइरहेको बताए ।

lekbesi

कालापानी नजिकैको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने निर्णय गरेको लामो समय हुँदापनि सरकारले अझै कार्यान्वयन नगर्दा दुख लागेको उनले बताए ।

दार्चुलाको त्यो माथिल्लो क्षेत्र, जहाँ सीमा विवाद रह्यो, त्यो ठाउँमा सरकारको उपस्थिति गराउन सकेनौं ।

अतिक्रमणको एउटा कारण सरकारको कमजोर उपस्थिति पनि भएको उनले भने ।अल्टिच्युडका कारण स्थायी प्रवन्ध गर्न समय लाग्ने भएकोले केही समय पर्खिएका थियौं ।

अब आज भोलिमै स्थायी बीओपी छाङरुमा राख्ने क्रमश सशस्त्र प्रहरी बलको बटालियन नै राख्ने योजना रहेको ज्ञवालीले जानकारी दिए ।

छाङरुमा ११५ र टिंकरमा १६७ गरेर कुल १८२ घरधुरी सौका समुदायका मानिसको बसोबास छ । उनीहरुको कुल जनसंख्या ११२० रहेको छ ।

उनीहरु जाडो छल्न दार्चुलाको तल्लो भेगमा झर्छन्, तर अहिलेसम्म घोडेटो बाटोसमेत नभएका कारण पास लिएर भारतको भूमि भएर आउनुपर्ने बाध्यता छ ।

‘यो स्थितिलाई अन्त्य गर्न पहिलो चरणमा घोडेटो र त्यसपछि मोटरबाटो बनाउने सरकारको तयारी छ । त्यसअनुसार बजेट पनि छुट्याइएको छ’ मन्त्री ज्ञवालीले भने।

छाङरु दार्चुला सदरमुकाम खलंगाबाट ९० किलोमिटर उत्तरपश्चिममा पर्ने विकट क्षेत्र हो ।उक्त क्षेत्रमा सँधै मौसम खराब हुन्छ ,बारैमस हिंउ पर्ने गर्दछ ।