सप्तरीमा एक जना कोरोन संक्रमित फेला ,

वैशाख २९ ,काठमान्डौ – सप्तरी जिल्लामा एक जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीका अनुसार नयाँ संक्रमित युवक सप्तरीका डाक्नेश्वरी नगरपालिका-३ का १८ वर्षीय युवक हुन्।

आज बिहान मात्र कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण फेला परेको थियो ।

lekbesi

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा युवकमा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ भने ३१ जना उपचारपछि निको भएर घर फर्केका छन् ।