कपिलवस्तुलाई जेठ ५ गते सम्म सिल गर्ने निर्णय ,

वैशाख २९ ,काठमान्डौ – कपिलवस्तुमा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ ।

जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।

कपिलवस्तुमा आजमात्र यशोधरा गाउँपालिकामा ८ र बुद्धभूमि नगरपालिकामा २ गरी जम्मा १० जना कोरोना संक्रमित फेला परेका छन् ।

lekbesi

यो संगै कपिलवस्तुमा संक्रमितको संख्या १५ पुगेको छ । पछिल्लो समय कपिलवस्तुमा भारतबाट लुकिछिपी आउने क्रम बढेको छ भने सिमानाकामा २१ सय भन्दा बढी नेपालि जम्मा भएर बसेका छन् ।

सोमबार एकैदीन १० कोरोना संक्रमित भेटिएपछि थप सर्तकता अपनाउँदै सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।

अब पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरु नरोकिकन आउजाउ गर्न सक्नेछन् ।

स्थानीय प्रशासन ऐन २०२८ को ६(३) क र संक्रामक रोग ऐन दफा २० बमोजिम जिल्लाभित्र साधन सवारी, उद्योग, निर्माण कार्यमा पूर्ण रोक लगाइएको छ ।