राष्ट्रियताको आवाज उठाउँदा गगन थापा र भिम रावललाई गलत भन्नेहरु नपुसंक हुन् ,हरि बिष्ट
वैशाख २९ ,काठमान्डौ – नेपालको सार्वभौमसत्ता र राष्ट्रियता भन्दा ठुलो र गम्भीर विषय अरु केहि हुननसक्ने कर्णाली प्रदेश सुर्खेत तरुणदलका अध्यक्ष हरि बिष्टले बताएका छन् ।
भारतले नेपाली भुमि कालापानी लिम्पुयाधुरा हुँदै मानसरोवर जोड्ने सडक संचालन गरेर उद्घाटन गरिसक्दा पनि सरकारले कुनै जवाफ नदिनु र पहल कदम नचाल्नु नेपालको लागि थप दु:खको कुरा भएको बिष्टले बताए ।
अब लिपुलेखको मुद्दा गगन थापा र भिम रावलले अगाडी लागिदिनुपर्ने हो त भन्दै उनले प्रश्न गरे ? बाह्र वर्ष युद्द लडेका र चुनावताका भारतलाई घुंडा टेकाउने भन्दै कुर्लने खोक्रो राष्ट्रबादीहरूले सरकारको नेतृत्व गरिरहेको पनि उनले बताए ।
बिष्टले अगाडी भने,, जनयुद्धवालाको बन्दुक आफ्नै नेपाली दाजुभाईहरूको छातिमा मात्र पड्किने हो कि सार्वभौमसत्तामा आँच पुर्याउदा पनि पड्किने हो ।कतै पुर्व एमालेका प्रधानमन्त्रीले पानि जहाजसंग लिपुलेखको मोटर बाटो साटेको त होइन ।
नेपालको राष्ट्रीयता र सार्वभौम सत्ताका मुद्धाको बिषयमा प्रश्न गर्ने भिम रावल र गगन थापालाई नराम्रो भन्ने र नराम्रा कमेन्ट गर्नेहरु रास्ट्रिय स्वाधीनताको विरोधी र नपुंसक भएको बिष्टले प्रस्ट पारे ।
देशमा कसैले धावा बोलिरहेको बेला हामि बिर गोर्खालीका सन्तान कसैको लोभ लालचमा नबिक्ने हुनुपर्ने र सत्यतामा बोल्न पर्ने उनले बताए ।
राष्ट्रियतानै बेचिन पुगेको बेला आफुलाई राष्ट्रप्रेमी पुर्खा बलभद्र कंवर,भक्ति थापा, अमर सिंह थापा र भीमसेन थापा,लगाएतलाई गिजाई रहेका त होइन ।
सरकारमा आको तितो सत्य ओकल्न छोडेर सरकारबाट राजिनामा दिन पनि उनले आग्रह गरे गगन थापा र भीम रावल त के म स्वयमले नेतृत्व गरेर देशका लागी पहिलो सहिद हुन तयार छु बिष्टले भने ।