Simta
Simta
lekbesi

नेपालको सार्वभौम सत्ता र राष्ट्रियता जोगाउन किम जोन जस्तै शासक जन्मिनु आवश्यक छ ,

Gurvakot

वैशाख २९ ,काठमान्डौ – जब -जब मेरो देशको सिमा अतिक्रमण हुन्छ, सिमामा हाम्रा दाजुभाई कुटिन्छ्न, जब जब हाम्रा चेलिबेटीको इज्जतमा जल्लादहरुको आँखा पर्छ, छिमेकिले नाकाबन्दी लगाउछ, तब तिमीलाई खुब सम्झिन्छु ।

खुब संग कल्पनामा पग्लिन्छु कि तिमी महान छौ । तिमी पनि मान्छे नै हो राम्रा नराम्रा पक्षहरु होलान् तर पुँजीवादी मुलुकले निकालेको गरिबी, भोकमारी, निरङ्कुशता, बर्बरता, भ्रष्टाचार , अमानवीय व्यवहार, मानव विकास सूचकांक न्यून, प्रतिव्यक्ति आय कमजोर, कानुनी शासन शून्य, लोकतन्त्र निर्जीव, मानव अधिकार उल्लंघन भएको मुलुक भन्ने news र report मलाई पत्यार लाग्दैन ।

यदि केही हद सम्म सांचो हो भने पनि त्यसलाई म सामान्यत अस्वभाविक ठान्दैन ।तत्कालिन कोरिया भन्ने देश सन १९४८ मा दुई भागमा विभाजित भए पछि उत्तर कोरिया भन्ने तिम्रो देश विधिवत रुपमा नयाँ देश बनेको देखिन्छ ।

lekbesi

जतिखेर मेरो देशमा राणाहरुको शासन पतन उत्तरार्धमा रहेछ । सन् १९४८ पछिको तिम्रो नयाँ देश र सन् १७७० पछि एकीकरण भएको मेरो देशको हालको अवस्था तुलना योग्य नहोला ।

लगभग १७८ बर्ष देशलाई मजबुत र आत्मनिर्भर बन्नका लागि तिमी जस्तो शासकका निमित्त चाहिने भन्दा बढी समय हो ।

१,२२,७६२ वर्ग कि.मी.( ४७,३९९ वर्ग माईल ) क्षेत्रफल भएको तिम्रो देश मेरो देशको क्षेत्रफल भन्दा २४,४१९ वर्ग कि.मी. सानो छ र पनि तिम्रो ताकत आज विश्वको अग्रपंक्तिमा स्थापित रहेको छ ।

रसिया जस्तो आणविक हतियारमा अब्बल राष्ट्र, चीन जस्तो विश्व महाशक्ति उदयीमान राष्ट्र र दक्षिण कोरिया जस्तो अमेरिकी पुजीवादी अंगालेको नव पुजीवादी मुलुक तिम्रो देशसंग सिमाना जोडिएका देशहरु हुन् ।

आर्थीक, भौगलिक, जनसांख्यिक जस्ता विषयमा तिम्रो देश भन्दा कयौं गुणा बढी भएका यी छिमेकी तथा अमेरिकी राष्ट्रहरु तिम्रो देशको सिमा अतिक्रमण गर्ने कुरा त धेरै टाढाको कुरा तिम्रो बारेमा बोल्नु परे समेत धेरै पटक सोच्नु पर्ने अवस्था छ ।

विश्वको सर्वशक्तिमान राष्ट्र मानिएको अमेरिकी राष्ट्रपती डोनाल्ड जे. ट्रम्प तिमीलाई भेट्न १२ जुन २०१८ मा आफै सिंगापुर पुगे ।

अमेरिकी-उत्तरकोरियाली सम्बन्ध स्थापितका नाममा ४ बुँदे घोषणापत्र जारी गरि president D.J. Trump फर्किए ।

तर फगत त्यो औपचारिकता थियो कि यति सानो राष्ट्र जसको वाह्य विश्वसंग व्यापार, सम्बन्ध र आर्थिक हैसियत न्यून रहदाँरहदै कसरी आफ्नो भौगलिक अखण्डता र सार्वभौमिकता मजबुत छ र विश्वसंग रत्तिभर डराउदैन भन्ने बुझ्नु थियो जहाँ सम्म ।

सन् १९९८ देखि जापानी द्वीप समूहमा पटक पटक मिसाइल परिक्षण गरिसकेको एसियाको सानो टाकुरा तिम्रो देशले आज विश्व सामु आफ्नो उपस्थिति मजबुत तुल्याएको छ ।

भौगलिक रुपमा सानो तथा आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकिय र वाह्य सम्बन्धमा कमजोर भए पनि आन्तरिक स्रोत र साधनलाई उपयुक्त चलायमान तथा परिचालन गर्न सके आफ्नो देशको भौगलिक अखण्डता र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पन बलियो पार्न सकिन्छ भन्ने उदाहरण छिमेकीको डसाईले रोइरहेको मेरो देश जस्ता अन्य मुलुकलाई दिन सफल भएका छौ ।

अमेरिकी पुजीवादी राष्ट्रले तिम्रो देशलाई विश्वशान्ति नचाहाने, युद्ध, हिंसा, विवाद र विधंसको पर्यावाची राष्ट्रको ट्याग भिडाइरहदाँ मलाई भने सुकि पनि विश्वास लाग्दैन किनकी नेपालको शान्ती क्षेत्रको प्रस्तावलाई सर्वप्रथम समर्थन गर्ने राष्ट्र तिम्रो नै थियो ।

यस खालका तथ्यबाट थाहा हुन्छ कि तिमी र तिम्रो देश विश्व शान्ती चाहान्छ । तिमीले प्रक्षेपण गरेका मिसाईल त आन्तरिक शक्ति मजबुत पार्नु, आन्तरिक मामलामा वाह्य हस्तक्षेप निस्तेज पार्नु तथा सर्वशक्तिमान राष्ट्रको एकाधिकार तोड्नु हो । अमेरिकाले आणविक हतियार बनाउने र प्रक्षेपण गर्ने अनि तिम्रो देशले बनाउन र प्रक्षेपण गर्न नपाउने विश्वको कुनै पनि कानुनमा व्यवस्था छैन ।

केही दिन अगाडी तिमी यस संसारमा नरहेको, तिमी सिकिस्त बिरामी परेको जस्ता यावत एकाएक खबरहरु सामाजिक संजाल तथा विभिन्न संचार माध्यममा आए ।

तिम्रो भलो नचाहाने तिम्रो देशको कुभलो चाहाने खुसिले बुर्कुसी मारे भने तिम्रा अनुयायी र प्रसंशक भने निकै दुखी भए ।

म पनि तिम्रो अकल्पनिय झुठो खबरले स्तब्ध भए । तर लाग्छ त्यो पनि तिम्रो एउटा चाल थियो । मनोवैज्ञानिक शैन्य रणनीतिको एउटा उपाय थियो ।

कि यो अवस्थामा क-कसले के-कस्तो प्रतिक्रिया दिन्छ । तिम्रो देशको प्रतिरक्षा प्रणाली, शैन्य शक्ति व्यवस्थापन र चालबाजीसंग दुनियाँको कुनै पनि देश दाज्न योग्य छैन ।

विश्व कोरोना भाइरसबाट आक्रान्त भैरहदा तिम्रो देश सदा झैं आफ्नो गतिशिल क्रियाकलाप संचालन गर्नमा व्यस्त छ ।

दुनियाँमा मै हुँ भन्ने राष्ट्र आज आकुल व्याकुल छ, तिम्रो देश भने गर्मीको मौसममा शितल छाहारीमा आरामले बसिरहेको बटुवा जस्तो मस्त छ ।

कोरोनाबाट प्रभावित नहुने २/४ राष्ट्र मध्ये तिम्रो देश पनि एउटा हो । फगतमा वाह्य राष्ट्रसंगको संसर्ग र सम्बन्धबाट हानी छ भन्ने कुरा बुझ्न मलाई गाह्रो भएन ।
सुनिन्छ कि तिम्रो देशमा तिमीले जस्तो हेअर स्टायल बनाउछौ नागरिकले त्यस्तै बनाउनु पर्छ,। सिमित सामाजिक संजाल छ, Pronography कानुनीरुप मै मनाही छ,।

जथाभावी तस्वीर उतार्न मिल्दैन, राज्यको कुनै पनि सुचना लिक तथा प्रकासन गर्न पाइदैन, ।शासकहरुको तथा कसैको पनि अश्लिल आलोचना गर्न पाइदैन नत्र त्यसको बदला गोली खान तयार हुनु पर्छ ।

यस्तो खालको कानुनको बर्खिलापमा थुप्रै होलान मेरो देशमा तर मलाई भने तिम्रो देशको शासन प्रणाली औधी मन पर्छ । हो ठ्याकै मेरो देशमा यस्तै शासनको परिकल्पना गर्दै प्रत्येक रात निदाउने गर्छु ।

मेरो देशलाई दक्षिण तिरको शत्रुले पटक पटक विभिन्न आयामबाट अवहेलना, अतिक्रमण नगरेको होइन । हर ढंगबाट मेरो देशलाई रुवाइरहन्छ, दुखाईरहन्छ ।

केही दिन अघि मात्र मेरो देशको प्रदेश नं,७ अन्तर्गत लिपु लेक हुँदै भारतले चीन जोड्ने सडक उद्घाटन (inauguration) गरे पछि मात्र मेरो देशलाई थाहा भयो ।

बदलामा मेरो देशको सरकारले यस कु-कार्यको बारेमा घोर भर्त्सना गर्‍यो, अन्तर्राष्ट्रिय कानुन विपरित छ भन्यो मात्र भन्यो गरेन ।

गर्नका लागि मेरो देशमा तिमी जस्तो शासक नभएरै हो । प्रिय नेता किम जोङ अन यो घडिमा तिमी जस्तै नेता तथा शासकको निकै आवश्यकता महसुस गरेको छु ।

मेरो देशमा माओ चाहिएन, मेरो देशमा लेनिन चाहिएन, मेरो देशमा महात्मा गान्धी चाहिएन, मेरो देशमा लि क्वान यू चाहिएन,।

मेरो देशमा नेल्सन मण्डेला चाहिएन, मेरो देशमा अब्राहम लिङ्कन चाहिएन, मेरो देशमा महाथिर महम्मद चाहिएन, मेरो देशमा रोबर्ट मुगावे चाहिएन, मेरो देशमा चेग्वेभारा चाहिएन । वस मेरो देशमा तिमी जस्तै एउटा शासक चाहिन्छ । किम जोङ अन जस्तो शासक ।

रातो सलाम प्रिय नेता किम जोङ ,

 

 

ललित रोका मगर,

कर्णाली प्रदेश दैलेख ,

 

Simta