Simta
Simta
lekbesi

सुर्खेत सिम्तामा एक प्रहरी जवान मृत अवस्थामा फेला,

Gurvakot

वैशाख ३० सुर्खेत – सुर्खेत सिम्तामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।प्रहरी जवान खड्का सुर्खेत रानीवास निवासीका हुन् ।

सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र गोलीसहित सम्पर्कविहिन भएको प्रदेश प्रहरी कार्यालयले बताएको हो ।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्तकुमार पन्तका अनुसार आज बिहान ९ बजेतिर चौकीदेखि एक किलोमिटर दूरीमा खड्काको शव फेला परेको जानकारी दिए ।

lekbesi

जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानका आग्रीगाउँतर्फ प्रहरी टोली परिचालन गरेको छ । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।

Simta