Simta
Simta
lekbesi

कपिलवस्तुमा स्वास्थ्यकर्मीलाई पनि देखियो कोरोना संक्रमण,

Gurvakot

वैशाख ३० ,काठमान्डौ – कपिलवस्तुमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भेटिएको छ । तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो । कपिलवस्तु नगरपालिका भित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा तौलिहवा अस्पतालकी स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएको हो।

अस्पतालमा स्वास्थ्यकर्मी सहित ९ जनाको स्वाब संकलन गरिएको थियो । बाँकी ८ जनाको रिर्पोट नेगेटिभ छ ।

lekbesi

स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा भनेको छ कपिलवस्तुमा ८ जना संक्रमित थपिएका छन् ती सबै कपिलवस्तु नगरपालिकाका बासिन्दा हुन् ।

जसमध्ये एकजना तौलिहवा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मी हुन् ।संक्रमित स्वास्थ्यकर्मीसहित ७ जनालाई मंगलबार नै बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ ।

आज सम्मको विवरणमा कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ भने नेपालभरी १९१ जना संक्रमित पुगेका छन् ।

Simta