सशस्त्र प्रहरीको टिम उड्यो कालापानी तिर ,

वैशाख ३१ ,काठमान्डौ – दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको नेतृत्वमा २५ जनाको टोली आज उडेको छ ।

अहिले बिहान कालापानी नजिकै लिपु लेक छाङरु सशस्त्र प्रहरी बलकाे सिमा सुरक्षा चेकपोस्ट स्थापनाकाे लागी गृहमन्त्रालय सचिवालय टिम सहित सशस्त्र प्रहरी बलको टिम त्यस तर्फ प्रस्थान गरेको हो ।

बन्दोबस्ती, खाद्यान्न र हात हतियार सहित उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरले छाङरूमा पुर्याउने छ ।

lekbesi

त्यसका लागि बुधबार बिहान गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सशस्त्र प्रहरीका एआईजी नारयाणबाबु थापासहितको टोली नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंबाट दार्चुला प्रस्थान गरेको छ ।

छाङरु जँहा भारतले अतिक्रमण गरेको कालापानी लिपुलेखको करिब १०-१२ किलोमिटर वर पर्दछ ।

सीतापुरमा बसिरहेको सई नेतृत्वको १० सदस्यीय प्रहरी टोलीलाई पनि छाङरूमा लगिने मन्त्रालय श्रोतले जनाएको छ ।