मोदीको पुत्ला दहन पछि भारतमा रहेका नेपालीलाई गाडीमा हालेर सिमाना पार ,

वैशाख ३१ ,काठमान्डौ – कालापानी लिपुलेख हुंदै मानसरोवरको जाने सडक भारतले उद्घाटन गरेपछि नेपालमा यसको चर्को विरोध भईरहेको छ ।

विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन समेत गरिएको छ भने भारतीय राजदुतावास अगाडी चर्को नाराबाजी समेत भएको छ ।

यो संगै भारतमा लाखौ नेपालि अलपत्र छन् ।नेपालमा मोदीको विरोध र पुत्ला दहन पछि भारत सरकारले नेपालीलाई आफ्नै खर्चमा गाडीमा राखेर सिमानामा ल्याउने र छोड्ने गरेको एक उच्च अधिकारीले रंग दर्पणलाई बताए ।

lekbesi

उनले भने सिमानाका अतिक्रमण भयो भने सरकारले छलफल गर्छ त्यो आजको विषय पनि होइन तर तेसरी विरोध गर्ने मोदीको पुत्ला दहन गर्दा नेपालिलाईनै अफ्टेरो परेको उनले बताए ।

मोदी विश्वमा चर्चित र लोकप्रिय प्रधानमन्त्रीमा गनिन्छन । भारतमा रहेका सबै नेपालीलाई गाडीमा राखेर विभिन्न सिमानाकामा ल्याउने र छोड्ने गरिएको छ त्यो पनि भारतले आफ्नै खर्चमा यो राम्रो संदेश होइन उनले भने ।

भारतमा अहिले कोरोना महामारी तिब्र रुपले बढेको छ हाल सम्म ७० हजार ७५६ जना संक्रमित छन् भने २२ सय ९३ जनाको मृतु भईसकेको छ।

नेपाल भारत खुल्ला सिमानाका कारण लुकिछिपी नेपाल भित्रिने गरेपछि नेपालमा पनि कोरोना संक्रमण दिनहु बढ्न थालेको छ ।

भारत नेपालको सिमानामा हजारौ नेपालिलाई भारतले ल्याएर छोडेको छ ।ति मध्ये संक्रमित नहोलान भन्न सकिन्न एक जनालाई मात्र भयो भने सबैलाई हुन्छ उनले भने ।

भारतमा रहेका नेपालि देखि विदेशमा रहेका नेपालि भित्रिनेहो भने नेपाल सरकारले के नोकरी लगाउच भन्ने समेत गम्भीर प्रश्न उठेको देखिन्छ ।

तेस्तै भारतमा रहेका नेपालीलाई भारत सरकारले राहत समेत उपलब्ध नगराएको गुनासो बढेका छन् । हाल सम्म नेपालमा २१७ जनामा कोरोन संक्रमण फेला परेको छ ।