surkhet

माओबादिले गर्यो उमेद्वार छनोट को टुंगो

surkhet

रंग दर्पण-  काठमाडौँ — माओवादी केन्द्रले रामबहादुर थापा र दीनानाथ शर्मासहित राष्ट्रिय सभाका लागि १३ जना उम्मेद्वारको नाम तय गरेको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सहितको शीर्ष नेताको बैठकले मंगलबार बिहान नाम टुंगो लागएको हो । प्रतिनिधि सभाकै चुनावमा थापा र शर्माको उम्मेदवार बन्ने चर्चा थियो ।

तर गठबन्धनका तर्फबाट सिट बाँडफाँटमा उनीहरुले रोजेको क्षेत्र नपाएपछि दुवै नेता त्यसबेला अन्यत्र लड्न जान मानेका थिएनन् ।

वाम गठबन्धनका तर्फ माओवादीका भागका परेका १४ मध्ये १३ वटाको मात्र नाम तय गरेको हो । प्रदेश २ मा एक जनाको नाम टुंगो लगाउन बाँकी छ । मधेसी दलहरुसँगको तालमेल हुने गरी वार्ता चलिरहेकाले एक सिटको भने पछि टुंगो लगाउने छ ।

Dailekh

माओवादीका तर्फबाट प्रदेश १ मा एक जना र प्रदेश ३ मा तीन जना उम्मेद्वार हुनेछन् । बाँकी ५ वटा प्रदेशमा दुई दुई जना उम्मेद्वार हुनेछन् । माओवादीका अनुसार प्रदेश १ मा वीना पोखरेल (महिला), प्रदेश २ मा शशिलकला दाहाल (महिला), प्रदेश ३ मा रामबहादुर थापा (खुल्ला) र गंगा पराजुली (महिला) प्रदेश ४ मा दीनानाथ शर्मा (खुल्ला) र खीमबहादुर विक (दलित), प्रदेश ५ मा राजमकुमार कुँवर (अल्पसंख्यक/ अपाङ) र चन्द्रबहादुर खड्का (खुल्ला), प्रदेश ६ मा जीवन बुढा (अल्पसंख्यक/अपाङ), युटुल लामा (महिला) र कालीबहादुर मल्ल (खुल्ला) र प्रदेश ७ बाट लालिराम लोहार (दलित र हरिराम चौधरी (खुल्ला) उम्मेदवार हुनेछन् ।

यी हुन् माओवादी केन्द्रका राष्ट्रिय सभाका उम्मेद्वारहरु

प्रदेश नं. १

(१) बीना पोखरेल (महिला)

प्रदेश नं. २

(२) शशिकला दाहाल (महिला)

(३) टुङ्गो लगाउन बाँकी

प्रदेश नं. ३

(४) रामबहादुर थापा ‘बादल’ (खुला)

(५) गंगा पराजुली (महिला)

Gorkha

प्रदेश नं. ४

(६) दीनानाथ शर्मा (खुल्ला)

(७) खीमकुमार बि.क. (दलित)

प्रदेश नं. ५

(८) राजकुमार कुंवर (अल्पसंख्यक/अपांग)

(९) चन्द्र बहादुर खड्का (खुला)

प्रदेश नं. ६

(१०) जीवन बुढा (अपाङ्ग/अल्पसंख्यक)

(११) युटुल लामा (महिला)

(१२) कालीबहादुर मल्ल (खुल्ला)

प्रदेश नं. ७

(१३) लालिराम लोहार (दलित)

(१४) हरिराम चौधरी (खुला)

 

salyan