आजपनि थप दुई जनामा कोरोना संक्रमण पुस्टि ,

वैशाख ३१ ,काठमान्डौ – आज बुधबार पनि नेपालमा थप दुइ जनामा कोरोना पुस्टि भएको छ ।

कपिलवस्तु र बाँकेमा थप १/१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– ८ का ३६ वर्षका पुरुष र कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण देखिएको हो ।

lekbesi

बाँकेका युवकको धुलिखेल अस्पतालको प्रयोगशालामा र कपिलवस्तुका युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआर परीक्षण गरिएको थियो । यो संगै नेपालमा संक्रमितको संख्या २१९ पुगेको हो ।