थप २४ जनामा कोरोना संक्रमण पुस्टि संक्रमितको संख्या २४३ पुग्यो ,

वैशाख ३१ ,काठमान्डौ – थप २४ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

१२ जना रुपन्देही, ८ जना कपिलवस्तु, पर्साका ३ र नवलपरासीका १ जना छन् ।

lekbesi

संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ यो संगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ ।हाल सम्म ३५ जना संक्रमित निको भएका छन् ।