अनुगमनको बहानामा मन्त्रीको हेलिकोप्टर सयर मापदण्ड विपरित पूर्ण बहादुर खडका ,

वैशाख ३१ ,काठमान्डौ – नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा मन्त्रीहरु विभिन्न जिल्लामा हेलिकोप्टर सयर गरेको प्रति कटाक्ष गरेका छन् ।

बुधबार खडकाले आफ्नो सामाजिक संजालमा अनुगमनको बहानामा कर्णालीका विभिन्न जिल्लामा हेलिकप्टर प्रयोग गरेकोमा टिप्पणी गरेका हुन् ।

कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेशका नाका सिल गर्ने र मुख्यमन्त्री मन्त्रि हेलिकोप्टर चडेर किट पुर्याउने अनुगमनको बहानामा मन्त्रीको अबिर जात्रा र भिडभाडयुक्त रौनक बढेको उनले टिप्पणी गरेका छन् ।

lekbesi

खडका अगाडी लेख्छन सामाजिक दुरी कायम गर्नुपर्ने लगायतका मापदण्ड अनुसारको नियम के नागरिकलाई मात्रै हो ? के हामी नेता भन्नेहरु यसबाट पूर्ण रुपमा मुक्त छौं ?

केहि दिन अगाडी मात्र कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही लगायत मन्त्रि ,उच्च पदस्थका अधिकारीहरु हेलिकोप्टर सयर गर्ने गरेका छन् ।

उनीहरुले कर्णालीका जिल्लामा नागरिकलाई स्वास्थ्य सामग्री घोडा गाडीमा पठाउने र मन्त्रीहरु हेलिकोप्टर प्रयोग गर्दै आएक छन् ।