दार्चुलाको छाङ्गरूमा आजदेखि सशस्त्रको बिओपी स्थापना ,

वैशाख ३१ ,काठमान्डौ -सशस्त्र प्रहरी मुख्यालयले दार्चुलाको ब्यास गाउँपालिका-१ थाङरुमा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरेको छ ।

नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि अहिले विरोध भइरहेको छ।

सीमारक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली पठाएको हो। सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी रहेका छन् ।

lekbesi

दार्चुलाको सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी ५० नम्बर गुल्म हेडकार्वटरका निरीक्षक लिलबहादुर चन्दको नेतृत्वमा बीओपी स्थापना गरिएको हो ।

बीओपीका लागि चाहिने हातहतियार,बन्दोबस्तीको सामन र फौज लिएर नेपाली सेनाको एमआई-१७ हेलिकप्टर खलंगाबाट छाङरु गएको थियो ।

छाङरुबाट भारत र चीनसँग सीमा जोडिएको सीमा सुरक्षार्थ बीओपी स्थापना गरिएको हो ।