मन्त्रालयको विवरण त्रुटिपूर्ण, कुल संक्रमितको संख्या २४५ ,

जेठ १ ,काठमान्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको विवरणमा २५० भनि सार्वजनिक भएको सुचना त्रुटिपूर्ण भएको भन्दै सच्याईएको जसमा २४५ संख्या रहेको बताएको छ ।

आज बिहान ७ः४५ बजे जारी गरेको विज्ञप्तिमा कोभिड,१९ पुष्टिको विवरण दोहोरिएको पाइएको छ ।

मन्त्रालयले अघिल्लै दिन संक्रमितकाे सूचीमा परिसकेका धनुषा, महोत्तरी र सर्लाहीका पाँच जनालाई दोहोर्‍याएर सूचीमा समेट्दा विवरण त्रुटिपूर्ण हुन पुगेकाे हाे ।

lekbesi

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीेले पनि प्रेस विज्ञप्ति नै जारी गरी त्रुटि भएको स्वीकार गरेका छन् । उनले कुल संक्रमितको संख्या २४५ नै रहेको स्पष्ट पारेका छन् ।

आज बिहीबार मन्त्रालयले तीनवटै जिल्लाका उही व्यक्तिलाई ठाउँमात्रै खुलाएर ५ जनामा थप संक्रमण देखिएको विज्ञप्ति निकालेको छ ।