नवलपरासी पश्चिमको प्रतापपुर गाँउपालिका वडामा आवतजावत बन्द ,

जेठ १ ,काठमान्डौ – नवलपरासी पश्चिमको प्रतापपुर गाँउपालिका वडा हरुमा आवतजावत बन्द गरिएको छ ।

गाँउपालिको वडान ५ बैदौली श्रीरामपुरका ३६ वर्षीय पुरुषमा हिजो संक्रमण फेलापरेपछि सबै वडामा आवतजावत बन्द गरिएको हो । एक वडा बाट अर्को वडामा आउन जान नमिल्ने भन्दै स्थानियले बार लगाउने गरेका छन् ।

सजिलै नेपाल छिर्न नसकेपछि अवैध बाटो हुँदै वैशाख २८ गते नेपाल आएका उक्त पुरुषमा कोरोना संक्रमण देखिएपछि गाँउ त्रसित बनेको छ ।

lekbesi

जिल्लाको प्रतापपुर गाउँपालिकाबाट उनीसहित ३० जनाको कोरोना परीक्षणका लागि २९ गते स्वाब नमुना संकल गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो ।

रिपोर्ट संकलनमा उनको मात्र पोजेटिभ देखिएको हो । संक्रमितलाई जिल्लाको पृथ्वीचन्द्र अस्पतालको आईशोलेसनमा राखेर उपचार भईरहेको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए ।

अङ्गव यादव ,नवलपरासी पश्चिम ,