कोरोना संक्रमितको उपचारमा खटिएकि नर्सलाई पनि संक्रमण ,

जेठ १ ,काठमान्डौ – कोरोना संक्रमितको उपचारमा खटिएकि नर्सलाई पनि कोरोना संक्रमण फेलापरेको छ ।

वीरगञ्जस्थित कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न नर्सलाई संक्रमण फेला परेको हो ।

पर्सामा बुधबार साँझ तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ति मध्ये ३६ वर्षीय एक नर्स हुन् ।

lekbesi

अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत उनी पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिईन ।

यो अघिपनि कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

हाल सम्म नेपालमा २४६ जनामा कोरोना संक्रमण फेला परेको छ ति मध्ये ३५ जना निको भएर फर्केका हुन् ।