Simta
Simta
lekbesi

प्रशासनद्धारा प्रतापपुर गाउँपालिकाको वडान ५ शिल,

Gurvakot

१ जेष्ठ ,नवलपरासी पश्चिम- जिल्ला प्रशासन कार्यालय नवलपरासीले प्रतापपुर गाउँपालिकाको वडा ५ लाई शिल गरेको छ ।

उक्त वडाका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनको कन्टेक्ट ट्रेसिङ्ग गर्दै उक्त वडालाई शिल गरेको हो ।

भारतको दिल्ली गाजियाबाद बाट आएको उक्त वडाको बैदौली गाउँका ३६ बर्षिय युवकमा कोरोना पोजेटिभ भेटिएपछि प्रशासले उक्त वडालाई शिल गर्दै अवागमन ठप्प पार्दै कडा निगरानी बढाएको छ ।

आज जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समितिको बैठकबाट प्रशासनले कोरोनाको संक्रमण समुदायमा फैलिन नदिन प्रतापपुर गाउँपालिकको वडा ५ लाई शिल गर्दै कडा निगरानी बढाएका हो ।

त्यस्तै कोरोना भाईरसको जोखिमलाई न्युनिकरण गर्न जिल्लामा लकडाउन कडा पार्दै आगामी जेष्ठ ५ गतेसम्मका लागि जिल्लाका सबै बंैक, बित्तिय संस्थाहरु बन्द गर्न र सम्पुर्ण निर्माण कार्यहरु बन्द गर्न निर्देशन जारी गरेको छ ।

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र सवारी साधन चलाउन अनुरोध पनि गरेको छ ।

त्यसैगरि कोभिड १९ को सम्भावित जोखिमलाई न्युनिकरण गर्न जिल्लाको बिभिन्न गाउँटोलहरूमा स्थानिय युवाहरुले प्रवेश निषेध गरेका छन् ।

स्थानियहरु युवाहरुले एक गाउँबाट अर्काे गाउँमा जान रोक लगाउन प्रतापपुर गाउपालिकाको बैदौली, श्रीरामपुर, बसहिया, गुठीपरसौनी, पिपरपाती, प्रतापपुर लगाएतको बाटोमा बाँस र भाटा राखेर बाटो बन्द गरेका स्थानिय युवा राजु चतुर्वेदी बताएका छन् ।

रोजगारीको सिलसिलामा भारत गएका नेपाली कामदारहरु यतिबेला भारतमा लकडाउन खुकुलो र ट्रेन चलेपछि स्वदेश फर्किनेको संख्या सिमामा बढेको छ ।

३ दिनको अन्तरालमा जिल्लाको विभिन्न नाकाबाट करिब १५० जना नेपाली कामदार जिल्ला भित्रेका छन् ।

 

lekbesi
रबिन्द्र यादव
नवलपरासी पश्चिम,
Simta